लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षाहरु स्थगित (सूचनासहित)

Law Hub Nepal कार्तिक ३, २०७७

काठमाडौं । लोक सेवा आयोगले पूर्व निर्धारित सम्पुर्ण लिखित परीक्षाहरु अर्को सूूूूूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित  परीक्षा कार्तिक १६ गतेबाट हुने निर्णय यसअघि लोक सेवा आयोगले गरेको थियो ।

हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण  आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने उम्मेदवारहरूमा सृजना भएको भय एवम् आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भएकाले परीक्षा स्थगन गर्नु परेको आयोगद्वारा जारी सूचनामा  उल्लेख गरिएको छ ।

हेर्नुहोस् विस्तृतमा सूचना :

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार