टिकटकमा प्रतिबन्ध लगाएको भारतले पब्जीमाथि पनि लगायो प्रतिबन्ध

Law Hub Nepal भाद्र १७, २०७७

काठमाडौं । भारतले पब्जीसहित थप ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

भारतको इलेक्ट्रोनिक्स एन्ड आइटी मन्त्रालयले बुधबार ती एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्। प्रतिबन्ध लागेका एपमा बाइडु, टेन्सेन्ट र सिआओमीले बनाएका छन्।

लद्धाखमा भारत र चिनियाँ सैनिकबीच पछिल्लो झडप भएपछि भारतले थप चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

यसअघि गत जुन १५ मा लद्धाखमा चिनियाँ सैनिकसँगको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसपछि भारतले टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।

ती चिनियाँ एपहरूले प्रयोगकर्ताको डाटा दुरूपयोग गरेको विभिन्न ठाउँबाट धेरै गुनासा आएको मन्त्रालयले जनाएको छ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार