दशैंको टीका कात्तिक १० गते र भाइटिका मंसिर १ गते, अरू विदा कति दिन?

Law Hub Nepal चैत्र १८, २०७६

काठमाडौं । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ ।

सो सूचीअनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् ।

सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । २०७७ सालको वर्षभर ५२ वटा शनिबार परेका छन् । शनिबार देशभरका नेपालीहरुले पाउने साप्ताहिक विदा हो ।

वर्षभर पर्ने ५२ वटा शनिबार, दशैंको पाँच दिन, तिहारको तीन दिन र अन्य विदा सात दिन गरी जम्मा ६७ दिन नेपालभर सार्वजनिक विदा हुनेछ ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंमा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन देशभर सार्वजनिक विदा हुनेछ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा कात्तिक २९ गते लक्ष्मी पूजादेखि मंसिर १ गते भाइटीकासम्म तीन दिन सार्वजनिक विदा हुनेछ ।

हेर्नुहोस् राजपत्रमा प्रकाशित सूचना :

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार