पूर्वाञ्चल विश्वविद्यालयको निर्णय : वैकल्पिक विधिबाट असोजमा परीक्षा लिइने (सूचनासहित)

Law Hub Nepal भाद्र १५, २०७७

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट लिने निर्णय गरेको छ।

विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद् बैठक र आइतबार बसेको प्राज्ञिक परिषद् बैठकले स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने निर्णय गरेको हो।

परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर सूर्यप्रसाद संग्रौलाले दिएको जानकारीअनुसार यसअघि स्थगित भएका परीक्षाहरू असोजको पहिलो साताबाट सञ्चालन हुनेछ।

परीक्षा कार्यक्रम र परीक्षासम्बन्धी निर्देशिका छिट्टै प्रकाशित गर्ने उनले सूचना निकालेर जानकारी गराएका छन्।

‘वार्षिक तर्फका नियमित र आंशिक र सेमेस्टर तर्फका आंशिक परीक्षापछि निर्णय भई आएअनुसार सञ्चालन गरिने जानकारी गराइन्छ,’ उनले भनेका छन्।

कोरोनाका कारण सिर्जना भएको असहज परिस्थितिले गर्दा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका स्नातक र स्नातकोत्तर तहका परीक्षा वैकल्पिक विधिबाट गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।

‘सेमेस्टर अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरू मात्र वैकल्पिक विधि (time bond home exam) बाट हुने विश्वविद्यालयको भनाइ छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार