संविधान संशोधन प्रस्तावको सूचना राजपत्रमा प्रकाशित (सूचनासहित)

Law Hub Nepal जेठ १८, २०७७

काठमाडाैं । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको छ।

नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले संविधान संशोधन गर्न लागेको हो।

संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि सर्वजनिक रुपमा प्रकाशन गर्नु पर्ने व्यवस्था अनुसार आइतबार राजपत्रमा प्रकाशन भएको हो।

संशोधन प्रस्ताव आइतबार नै प्रतिनिधिसभामा पेश भएको थियो।

संविधानको अनुसूची ३ को निशान छाप संशोधनका लागि सरकारले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको थियो।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार