राजपा र समाजवादी पार्टीले दर्ता गराए संविधान संशोधन विधेयक  

Law Hub Nepal जेठ १९, २०७७

काठमाडौं । संविधान संशोधनको माग गर्दै आएका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले सोमबार संयुक्त रुपमा ९ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका छन्।

राजपा र समाजवादी पार्टीका नेताहरु शुक्रबार संशोधन दर्ता गराउन संसद सचिवालय सिंहदबार पुगे पनि दर्ता भएको थिएन।

आइतबार राजपाले समाजवादी पार्टीसँग छलफल गरेपछि सोमबार साँझ गैरसरकारी विधेयक संसद सचिवालयका महासचिव डा. भरतराज गौतमसमक्ष दर्ता गराएका हुन् ।

विधेयकको प्रस्तुतकर्तामा लक्ष्मण लाल कर्ण र राजेन्द्र श्रेष्ठ रहेका छन् । सरकारले नयाँ नक्सा अनुरूप निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक अगाडि बढाएलगत्तै समाजवादी र राजपाले पुरानो संविधान संशोधनको माग अघि सारेर संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

यसअघि २०७४ साल बैशाख ११ गते तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारमा उक्त विधेयक दर्ता भएपनि दुईतिहाई नपुगेकाले संशोधन हुन पाएको थिएन ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार