रमेश खरेलले पनि नयाँ पार्टी खोल्ने

Law Hub Nepal फागुन १४, २०७६

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले पनि नयाँ दल खोल्‍ने भएका छन् ।

उनले पार्टी स्थापनाको उद्देश्यले ’हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका छन् ।

उक्त अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका छन् ।

भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने खरेलको धारणा छ ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए ।

खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वसचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही लगायत रहेका छन् ।

पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई समेटेर पार्टी निर्माण गरिने  बताइएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार