बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ

Law Hub Nepal फागुन ५, २०७६

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको हो ।

महरालाई स‌ंसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार