राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

Law Hub Nepal वैशाख १२, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी भएका दुई अध्यादेश खारेज गरेकी छन्।

यसअघि मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

सोही निर्णयबमोजिम राष्ट्रपतिले शुक्रबार दिउँसो दुबै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल र सत्ता पक्षकै नेताहरूले भनेकै कारण अध्यादेश फिर्ता लिएको बताएका छन्।

मन्त्रिपरिषद बैठकमा अध्यादेशबारे संक्षिप्त धारणा राख्दै प्रधानमन्त्रीले अध्यादेशबाट हाललाई पछि हटेको बताएकाा थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार