उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

Law Hub Nepal चैत्र २०, २०७६

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गर्दा भ्रष्टाचार गरेको आरोपसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार इमेलमार्फत उजुरी गरेका हुन् ।

उपप्रम पोखरेल, स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठ र ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलका सञ्चालकहरूविरुद्ध उजुरी गरेको त्रिपाठीले जनाएका छन् ।

वास्तविक मूल्यभन्दा निकै महंगोमा स्वास्थ्य सामग्री खरिद गर्नेगरी गरिएको उक्त सम्झौता सरकारले बुधवार रद्द गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार