पाठक वर्गमा ल हब नेपालको अनुरोध

Law Hub Nepal वैशाख ३०, २०७७

आदरणीय पाठक महानुभाव, नमस्कार । सर्वप्रथम त ल हब नेपालमा यहाँलाई स्वागत छ ।

परिचय र जानकारी

ल हब नेपाल कानून सम्बन्धी सूचना, समाचार, विचार र जानकारी प्रदान गर्न कानूनका विद्यार्थीद्वारा स्थापित पोर्टल हो । कानूनका क्षेत्रमा एक सशक्त र नमूना माध्यमको रूपमा विकास हुने ध्येयका साथ ल हब नेपाल यसै वर्षको जनवरी महिनाबाट सञ्चालनमा आएको हो ।

www.lawhubnepal.com वेबसाइटमा प्रकाशित सामग्रीहरू ल हब नेपालको फेसबुक पेज र ग्रुपका माध्यमबाट पाठकसमक्ष पुग्ने गर्छन् । तसर्थ यहाँहरूले सिधै वेबसाइट भिजिट गरेर, पेज लाइक गरेर अथवा ग्रुपमा जोडिएर प्रकाशित सामग्रीहरू पढ्न सक्नुहुन्छ ।

यसले कानूनी क्षेत्रलाई विशेष प्राथमिकता दिएपनि विषयको गाम्भीर्यतालाई हेरेर सही र भरपर्दो सूचना तथा समाचारहरू अन्य क्षेत्रका पनि समेट्ने गर्दछ ।

लेखरचना प्रकाशन गर्ने माध्यम

विशेषगरि कानूनका विद्यार्थीहरू तथा न्याय क्षेत्रमा संलग्न व्यक्तिहरूले आफ्ना लेख, रचना, तथा विचार हामीलाई प्रेषित गर्न सक्नुहुन्छ । प्रकाशनयोग्य रचनालाई ल हब नेपालले उचित स्थान दिनेछ ।

कानूनी क्षेत्रभन्दा बाहिरका व्यक्तिहरूका विचारहरूलाई पनि समसामयिकता र औचित्यका आधारमा प्रकाशन गरिनेछ । साहित्यका माध्यमहरू कथा, कविता, निबन्ध आदिलाई पनि समेटिने छ ।

प्रवेश परीक्षाको सहयोगी माध्यम

कानूनमा स्नातक तह एलएलबि र बिएएलएलबि अध्ययनका लागि वर्तमान समयमा प्रवेश परीक्षा जटिल र प्रतिस्पर्धात्मक बन्दै गइरहेको छ । सोही कुरालाई मध्यनजर गर्दै प्रवेश परीक्षा सामग्रीहरू प्रकाशन गर्दै जाने सोच ल हब नेपालले बनाएको छ ।

यहाँहरूका प्रवेश परीक्षासँग सम्बन्धित विषयवस्तुलाई पनि  उचित स्थान दिइनेछ । यसले लेखकको सृजनात्मक क्षमता वृद्धि हुने र परीक्षार्थीले पठन सामग्री सहजै प्राप्त गर्ने आशा र विश्वास  ल हब नेपालले राखेको छ ।

सम्पर्कका लागि

ईमेल :

[email protected]

फेसबुक पेज :

https://www.facebook.com/lawhubnpl/

ईमेलका साथै फेसबुक पेजमा सिधै म्यासेज गरि लेख रचना पठाउन सकिनेछ ।

पाठकहरूको सदा साथ र सहयोगको अपेक्षासहित धन्यवाद ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार