सञ्‍चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

Law Hub Nepal फागुन ८, २०७६

काठमाडौँ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

कञ्चनपुरबाट काठमाडाैँ फर्के लगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजिनामा बुझाएका हुन् ।

यसअघि सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा बाँस्कोटाले राजीनामा दिएकाे बताएका थिए ।

नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडिओ बिहीबार सार्वजनिक भएको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार