कोरोना रोकथामका लागि आवश्यक कदम चाल्न सरकारलाई  अन्तरिम आदेश

Law Hub Nepal फागुन १९, २०७६

काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहलकदमी चाल्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोना नियन्त्रणका लागि आवश्यक पहलकदमी लिनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्न सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीले सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन् । कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सबै पहलकदमी लिन सरकारलाई आदेश दिइएको हो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार