वरिष्ठ अधिवक्ताको मापदण्ड : सर्वोच्च वा उच्च तहमा ‘वास्तविक रूपमा’ १५ वर्ष वकालत गरेको हुनुपर्ने

Law Hub Nepal श्रावण १५, २०७७

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधिका लागि नयाँ मापदण्ड जारी गरेको छ । मापदण्ड अनुसार वरिष्ठ अधिवक्ता बन्न सर्वोच्च वा पुनरावेदन तहमा वास्तविक रूपमा १५ वर्ष कानून व्यवसाय गरेको वस्तुगत आधार हुनुपर्ने व्यवस्था गरिएको छ ।

वरिष्ठ अधिवक्ता उपाधी प्रदान गर्ने सम्बन्धी मापदण्ड,२०७६ जारी गर्दै सर्वोच्चले कानून व्यवसायको पेशामा संलग्न नै नरहेका, अन्य पेशा व्यवसायमा रहेका, कुनैकुनै सरकारी निकाय वा सार्वजनिक संस्थान वा कुनै विश्वविद्यालय, वा निजी संस्था वा प्रतिष्ठानमा पूर्णकालिन काम गर्ने कुनै स्थायी वेतनधारी पदमा बहाल रहेका व्यक्तिलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान नगरिने बताएको छ ।

विस्तृतमा मापदण्ड यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार