‘अविवाहित मुख्यमन्त्री’ आफ्नो पति भएको भन्दै एक महिलाद्वारा अंश मुद्दा दायर

Law Hub Nepal फागुन १६, २०७६

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै एक महिलाले अंश मुद्दा दायर गरेकी छिन् ।

दोलखाकी बालिका खड्काले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरि अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेकी हुन् ।

खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको समेत आरोप लगाएकी छिन् ।

सञ्चार मन्त्री भएका बखत राईले आफूलाई राजधानीको गोल्फुटारमा कोठा लिई राखेको खड्काले मुद्दामा उल्लेख गरेकी छिन्। उनले आफू राईसँग ७१ सालदेखि सँगै रहेको समेेत बताएकी छिन्।

राई विरुद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

मुख्यमन्त्री भैसकेपछि आफूले राईलाई विराटनगर गएर भेट्न खोजेको तर उनलेे बेवास्ता गरेको खड्काले उल्लेख गरेकी छिन्।

आफूलाई भएको अन्यायबारे नेकपाका शिर्ष नेताहरूलेे बेवास्ता  गरेको खड्काले आरोप लगाएकी छिन् ।

अदालतले मुद्दा दर्ता गरेसँगै पेशी समेत तोकिसकेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार