अब एउटै कम्पनीका दुईभन्दा बढी सिमकार्ड लिन नपाइने

Law Hub Nepal असार २२, २०७७

काठमाडौं । एउटै कम्पनीको दुईभन्दा बढी सिम प्रयोग गर्न नपाइने भएको छ ।

नेपाल दूरसञ्‍चार प्राधिकरणले सिमकार्डको प्रयोगमार्फत हुन सक्ने सुरक्षा जोखिमको संवेदनशिलतालाई मध्येनजर गर्दै यस्तो व्यवस्था गरेको प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

प्राधिकरणको यो व्यवस्था अनुसार अबदेखि कुनै पनि व्यक्तिले एउटै टेलिकम सेवा प्रदायक कम्पनीको २ भन्दा बढी सिमकार्ड लिन पाइने छैन ।

यो व्यवस्था अनुसार नेपाल टेलिकमको सीडीएमएसमेत गरी बढीमा ३, एनसेल, स्मार्ट, यूटिएलको हकमा बढीमा दुईवटा मात्रै सिम प्रयोग गर्न पाइनेछ ।

निरिक्षण तथा जाँचबुझको क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना गरेको नपाइएमा कारवाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार