मन्त्रिपरिषद् बैठकमा सामाजिक दुरी कायम (तस्बिरसहित)

Law Hub Nepal चैत्र १६, २०७६

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा सामाजिक दुरीको सिद्धान्तलाई अवलम्बन गरिएको पाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना भाइरसको संक्रमणविरुद्ध सतर्कता अपनाउँदै दुरी राखेर बैठक बसेको हो।

बैठकको बीचमा प्रधानमन्त्री छन् भने मन्त्रीहरु दुरी राखेर बसिरहेका छन्। नागरिकलाई सन्देश दिनका लागि पनि मन्त्रिपरिषदले सामाजिक दुरी राखेर बैठक गरेको हो।

अघिल्लो आइतबारको बैठकमा भने दुरी कायम गरिएको थिएन। आजको बैठकले लकडाउन लम्ब्याउने तथा राहत प्याकेजबारे निर्णय लिने बताइएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार