प्रधानमन्त्रीको गीत : ‘म त भाग्यमानी’

Law Hub Nepal वैशाख २४, २०७७
  • केपी शर्मा ओली

गीत

छानेर नि हैन, हैन जानी-जानी
तर जन्मे नेपालमै म त भाग्यमानी
आहा ! कति भाग्यमानी ?

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यीनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी

सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

– २४ फागुन २०७६
सीसीयू, टीयूटीएच

२०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफलता भएपछि क्रिटिकल केयर यूनिटमा रहँदा चौथों दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचिएको गीत हो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार