‘वी आर स्ट्रङ्ग’ सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न

Law Hub Nepal माघ २३, २०७६

पोखरा । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय युवाहरूको समूहले पोखरामा फर्स्ट सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न गरेकाेे छ ।

‘वी आर स्ट्रङ्ग’ नाम दिइएको फेसबुक ग्रुपको आयोजनामा गत आईतबार देखि सुरू भएको प्रतियोगिता ५ दिनसम्म चलेर आज सम्पन्न भएको हो ।

प्रतियोगितामा पुरूषतर्फ २४ र महिलातर्फ ११ गरि कुल ३५ समूहको सहभागिता रहेको थियो ।

पुरूषतर्फ पृथ्वीनारायण क्याम्पस डेका बिएस्सी समूह बिजेता र सोही क्याम्पसकै बिबिएस डे समूह उपविजेता भए ।

महिलातर्फ पृथ्वीनारायण क्याम्पसकै बिएस्सी समूह बिजेता र पोखरा विश्वविद्यालय समूह उपबिजेता भए ।

बिजेता र उपबिजेतालाई क्रमश ११ हजार १ सय ११ र ५ हजार ५ सय ५५ नगद राशी प्रदान गरियो।

बिजेता र उपबिजेतालाई राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, अनेरास्ववियू केन्द्रीय सदस्य नरेश रोकाया र प्रतियोगिताका अध्यक्ष कुमार गौतमले ट्रफी, मेडल र नगद राशीसहित पुरस्कृत गरेको ग्रुपका सदस्य रञ्जित आचार्यले जानकारी दिए ।

उक्त फेसबुक ग्रुप सामाजिक र रचनात्मक कार्यमा आगामी दिनमा अझ सक्रिय भएर लाग्ने अर्का सदस्य विशाल पन्तले बताए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार