‘सिरी ए’ मा रोनाल्डोको गोलवर्षा जारी, युभेन्टस् शिर्षस्थानमै

Law Hub Nepal माघ १९, २०७६

एजेन्सी ।   इटालियन सिरी ए लिग लिडर युभेन्ट्सले  आइतबार भएको खेलमा सहज जित निकालेको छ ।

घरेलु मैदानमा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल र म्याथिस डी लिग्टले एक गोल गरे ।

४० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । दोस्रो  हाफमा रोनाल्डोले पुन: पेनाल्टीमा दोस्रो गोल गरे ।

त्यसपछि खेलको ९० औं मिनेटमा डी लिग्टले गोल गर्दै ३-० को जित पक्का गरे ।

जितसँगै युभेन्ट्सले २२ खेलमा ५४ अंक जोडेको छ । जितपछि युभेन्ट्सले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार