बिना कुनै माग कांग्रेसले संसद अवरुद्ध गरेकाे  नेम्वाङकाे भनाइ

Law Hub Nepal माघ २६, २०७६

काठमाडौं । सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले लगातार तीन पटक कांग्रेसले संसद अवरुद्ध गरेपनि अरुबेला जस्तो सरकारसँग कुनै माग नै नराखेको बताएका छन् ।

संवैधानिक अंगले दायर गरेको मुद्दामा सत्तापक्ष कहीँ पनि नजोडिएको पनि उनले बताएका छन् ।

कहाँ सहयोग गर्नुपर्‍यो भनेर आफुहरुले  कांग्रेसलाइ भनिरहेकाे पनि जानकारी दिए ।

अख्तियारले एकतर्फी मुद्दा दायर गरेको नदेखिएकाे नेम्वाङकाे दावी छ ।

संवैधानिक अंगले चलाएको मुद्दामा सत्तापक्ष वा अर्को पक्ष भन्‍ने हुँदैन। अदालतमा प्रवेश गरेको मुद्दामा संसदमा प्रश्‍नसमेत गर्न नपाइने नेम्वाङले पत्रकारहरुसँग बताए ।

आइतबारका लागि बोलाइएको संसद बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो। ललिता निवास प्रकरणमा अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले भेदभावपूर्ण तरिकाले मुद्दा दायर गरेको भन्दै लगातार तेस्रो पटक संसद अवरुद्ध गरेको हो। आइतबार सभामुखले कांग्रेस सांसदलाई बोल्ने समय दिएका थिएनन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार