न्यायाधीश र कर्मचारीमा कोरोना देखिएपछि बन्दी प्रत्यक्षीकरण बाहेकका सुनुवाइ स्थगित

Law Hub Nepal असाेज १८, २०७७

काठमाडौं । केही न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण र केहीमा आशंकापछि सर्वोच्च अदालतको काम प्रभावित बनेको छ ।

कोरोना संक्रमणको आशंकामा न्यायाधीशहरू होम आइसोलेसनमा बसेका कारण आइतवार एउटा मात्र इजलास गठन गरिएको सूचनामार्फत बताइएको छ ।

बन्दी प्रत्यक्षीकरणका रिट हेर्नका लागि डा. मनोज कुमार शर्माको एउटा इजलास गठन गरिएको छ ।

‘श्रीमान र कर्मचारीमा कोरोना संक्रमणको आशंका र कन्ट्याक्ट ट्रेसिङमा परेका श्रीमानहरू होम आइसोलेसनमा बसेका कारण अन्य सुनुवाइ स्थगित भएको छ,’ सर्वोच्च स्रोतले बतायो ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार