विद्यार्थीका हात चिर्ने शिक्षिका पक्राउ

Law Hub Nepal फागुन २४, २०७६

काठमाडौं । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ परेकी छिन् ।

काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्‍मी कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई हात चिरेर यातना दिएको पाइएपछि आज बिहान महानगरीय प्रहरी वृत बानेश्‍वरले उनलाई पक्राउ गरेको हो ।

उक्त स्कुलले आरोपित  शिक्षिका कर्माचार्यलाई बर्खास्त गरिसकेको छ। बर्खास्तमा परेकी शिक्षिका सामाजिक विषयकी शिक्षक थिइन् ।

जिल्ला प्रशासन कार्यालय  काठमाडौंबाट म्याद थप गरेर कर्माचार्यविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार