आतंकवाद बढेपछि बेलायत कडा कानुन बनाउँदै

Law Hub Nepal माघ २०, २०७६

लन्डन । आतंकवाद बढ्दै गएपछि बेलायतले कडा कानुन बनाउने भएको छ ।

बेलायतले आतंकवादसम्बन्धी मौजुदा कानुनलाई थप बलियो बनाउने भएको हो ।

लन्डनमा आइतबार एक आक्रमणकारीले छुरा प्रहार गरेर तीनजना घाइते बनाएका थिए । उक्त घटनापछि बेलायतले यस्तो घोषणा गरेको हो ।

सर्वसाधारणमाथि छुरा प्रहार गर्ने सुदेश अम्मान नामका आक्रमणकारीको सुरक्षा कारबाहीमा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

उनी आतंकवादसम्बन्धी मुद्दामा आधा कैद भुक्तान गरेर एक साताअघि मात्रै रिहा भएका थिए ।

कारागार सजाय भुक्तान गर्ने बित्तिकै पुनः आतंकवादी आक्रमणमा संलग्न भएको पाइएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ नियम जारी गर्न लागेको बताइएको छ ।

अब आतंकवादसम्बन्धी अभियोगमा जेल परेकालाई मुक्त गर्ने सन्दर्भमा कडा प्रक्रिया लागू हुनेछ ।

आतंकवादसम्बन्धी मुद्दामा सजाय खेपिरहेका अभियुक्तसँग गर्ने व्यवहारमा आधारभूत परिवर्तन गरिने प्रधानमन्त्री जोनसनले बताएका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार