पूर्व प्रधानन्यायाधीश सिंहकाे निधन

Law Hub Nepal फागुन १८, २०७७

काठमाडाैं । सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहकाे निधन भएकाे छ ।

९० वर्षे सिंहकाे मंगलबार साँझ ७ बजे काठमाडाैं चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएकाे हाे।

केही समयदेखि विरामी रहेका उनकाे उपचारका क्रममा निधन भएकाे र बुधबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिने पारिवारिक स्राेतले जनाएकाे छ। २०५२ साल असाेजदेखि २०५३ साल फागुन ३ गतेसम्म सिंह सर्वाेच्चकाे प्रधानन्यायाधीश भएका थिए।

निर्भिक न्यायाधीशकाे रुपमा परिचित सिंहले आफ्नाे समयमा धेरै चर्चित फैसलाहरु गरेका थिए।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार