विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयको अनुरोध

Law Hub Nepal वैशाख १०, २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउनका बेला अनौपचारिक ढंगले अध्ययन अध्यापन गराउने भएको छ ।

एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले सो जानकारी दिएको हो ।

लकडाउनका बेला कसरी अनौपचारिक ढंगले कसरी अध्ययन अध्यापन गराउन सकिन्छ र भावी कस्तो विधि अप्नाउनुपर्ला भनेर विश्वविद्यालयले भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.विनिल अर्यालको संयोजकत्वामा अध्ययन समिति समेत निर्माण गरेको छ ।

त्रिविले रोकिएका परीक्षाहरु सहज वातावरण भएपछि सुचारु गर्ने समेत जनाएको छ ।

वैकल्पिक विधि प्रयोग गरेर अध्ययनलाई अघि बढाउने भएकोले सबै विद्यार्थीहरुलाई आफ्नो विभाग र क्याम्पसमा सम्पर्कमा रहन समेत सूचित गरेको छ ।

विश्वविद्यालयले इन्टरनेटको माध्यामबाट अध्ययन अध्यापनलाई अघि बढाउने समेत जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार