त्रिविका स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने

Law Hub Nepal असाेज २७, २०७७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ ।

सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन सङ्कायले दिएको छ ।

सरकारले तय गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनुसार परीक्षा लिने जनाइएको छ ।

त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने अधिकार दिएपछि स्थगित परीक्षाको कार्यतालिका निकालिएको सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने lawhub[email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार