हिँड्दै घर जानेहरूबारे उच्चस्तरीय समितिले प्रधानमन्त्रीलाई पेश गर्‍यो दुई विकल्प

Law Hub Nepal वैशाख ५, २०७७

काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका बेला हिँड्दै घर गइरहेकाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दुई विकल्प प्रस्तुत गरेको छ।

प्रधानमन्त्री ओलीले अहिले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्यहरूसँग बैठक गरिरहेका छन्।

स्रोतका अनुसार यसअघि सिंहदरबारमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले पैदल घर जान हिँडेकालाई जहाँ छन् त्यहीँ खानबस्नको व्यवस्था गर्ने पहिलो विकल्प अघि सारेका छन्।

‘उनीहरूलाई खाद्यान्न बाँड्दा पकाएर खानै समस्या भएजस्तो छ। त्यही भएर पकाएर नै दिने कि भन्ने एउटा विकल्प छ,’ स्रोतले भने,‘अब जसरी पनि घर गइहाल्नेलाई त कसरी रोक्न सकिन्छ र!’

समितिले त्यसरी घर जान चाहनेलाई उच्च सुरक्षा व्यवस्थासहित जिल्ला सदरमुकामसम्म पुर्‍याउने र त्यहाँबाट स्थानीय तहको जिम्मा लगाउने अर्को विकल्प पनि प्रधानमन्त्रीसमक्ष पेस गरेको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार