मौसम बदली : चट्याङसहित वर्षा र हिमपात

Law Hub Nepal फागुन ९, २०७६

काठमाडौं । पश्चिमी वायुको प्रभावले अहिले देशभरकै मौसम बदली भएको छ ।

बदलीसँगै देशका विभिन्न ठाउँमा चट्याङसहित वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिममा बिहानैदेखि पानी र हिउँ परेको र काठमाण्डाैसहित मध्य र पूर्वमा दिउँसोपछि पानी परिरहेको महाशाखाले बताएको छ ।

आज देशभरकै मौसम बदलीसहित वर्षा र हिमपात गराउने पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले भोलि शनिबारदेखि मौसम बिस्तारै खुल्दै जाने छ ।

मौसममा खराबी आएपछि आज दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा उडान र अवतरण प्रभावित भएको थियाे ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार