तीन दिनको मौसम : बर्षाको सम्भावना

Law Hub Nepal फागुन ५, २०७६

काठमाडौं । आज सोमबार  देशका पूर्वी र मध्य पहाडी भू–भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी र मध्य पहाडी भू–भागका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । बाँकी भागको मौसम आंशिक बदली रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

आज देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती भने पूर्वी र मध्यका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पर्सी देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार