माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

Law Hub Nepal माघ २९, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्रीपरिषदको नेतृत्वको हैसियतले उनीहरुको पनि संलग्नता रहेको भन्दै रिट दायर भएको हो ।

मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका हुन् ।

सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन पनि रिटमा माग गरिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार