पर्यटन उकास्न वार्षिक एक महिना ‘पर्यटन बिदा’ दिने योजना

Law Hub Nepal वैशाख ८, २०७७

काठमाडौं । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले बार्षिक एक महिना पर्यटन विदाको योजना बनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन वार्षिक एक महिना पर्यटन विदा दिने गरी नीति बनाउने योजना बनाइरहेको जानकारी दिए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भिडियो अन्तरक्रियामा मन्त्री भट्टराईले पर्यटन पुनर्उत्थानका लागि यस्तो योजना बनाइरहेको जानकारी गराएका हुन् ।

पर्यटन बचाउन सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।

उनले पर्यटन क्षेत्रको वित्तिय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरिरहेको जानकारी दिए ।

मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत जानकारी दिए ।

उनका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिने सम्भावना छलफल भइरहेको छ ।

नेपालमा सन् २०१९ मा पर्यटन क्षेत्रबाट ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार