‘असल मनसायले गरेका काममा भूलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला’

Law Hub Nepal चैत्र २२, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असल मनसायले गरेका काममा भूलबस कुनै गल्ती भएको रहेछ भने ‘सहुँँला बुझाउँला’ भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनलेे सो कुरा बताएका हुन् । यो सँकटकालीन र विशेष अवस्था भएकाले आम चुनावको प्रचार अभियान जस्तो एउटा पार्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका बिरुद्ध आरोप र प्रत्यारोप लगाएझैं संचार माध्यममा छरपस्ट नहुन आग्रह गरेका छन् ।

उनले भनेका छन्,- ‘यो पार्टीभित्रका मत मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने बेला होईन । पार्टीको महाधिवेशन घोषणा भएको छैन । समयलाई पर्खौं ।’

मानव जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्यता नै समाप्त हुने हो कि ? भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भविष्यलाई दाउमा नराख्न समेत आग्रह गरेका छन् ।

उनले अघि भनेका छन्, -‘आफु बाचौं र मानव जातिको रक्षा गरौं । एकताबद्ध होऔं । जब ढुक्कसँग बाँचिन्छ, तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौंला ।’ उनले नियतमा कुनै खोट नभएको समेत बताएका छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार